भक्तपुर कांग्रेसमा घम्साघम्सी – Chautari Khabar

भक्तपुर कांग्रेसमा घम्साघम्सी

भक्तपुर कांग्रेसमा घम्साघम्सी

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको चुनावी चहलपहल अहिले चरम चुलीमा पुगेको छ । संस्थापन पक्षका वर्तमान सभापति दुर्लभ थापाको नेतृत्वमा अगाडी बढेको समूह निकै मजबुत देखिएको छ भने अर्का उम्मेदवार अष्ट कवेको नेतृत्वमा अगाडी बढेको समूह पनि दिलोज्यान दिएर नेतृत्व कब्जा गर्ने कोसिसमा लागिपरेको छ । जिल्लाका चार नगर सभापतिहरु मध्ये भक्तपुरका राजेन्द्र तमखु, सुर्यविनायकका निशान ढुङ्गेल, चानपाका शिवहरि केसी थापा पक्षमा देखिएका छन् भने मध्यपुरका सभापति हरिदास प्रजापति कवें पक्षमा देखिएका छन् ।

त्यसो त कांग्रेसका हस्ती मानिएका लेखनाथ न्यौपाने, बाबुराजा जोशी, मन्त्री कृष्णलाल भडेल ,मदन कृष्ण श्रेष्ठ, माथवर सिंह बस्नेत, कविर राणा, रमा कोईराला पौडेल, राजाराम खड्का, मुरारी प्रसाद आचार्य, सुरेन्द्र केसी, नारायण भक्त खायमली, बिष्णुराज कार्की, किरण थापा श्रेष्ठ, बिदुरमान सिह बस्नेत, दयामान कर्माचार्य, हरी नेपाल, पुरुषोतम लामिछाने, बिजेस अवाल, जग्गनाथ कार्कीं, रवि राणा, सुरेन्द्र श्रेष्ठ, १नं. प्रदेश सभापति जिवन खत्री, २ नं प्रदेश सभापति प्रदिप कार्की, थापा पक्षमा उभीएको स्रोतले बताएको छ भने उता कवें पक्षमा गणेशमान चक्रधर, महेश श्रेष्ठ, प्रविण वन, राजनकाजी त्वाती, विनोद कायष्ठ लगायतका नेताहरु उभिएका छन् ।

त्यसो त थापा पक्षबाट उपसभापतिमा उर्मिला वन, बिजेस अवाल, सचिवमा शुसिल बस्नेत, राजेश खड्का, सहसचिवमा कृष्ण मुरारी न्यौपाने, यादव अधिकारी रहनु भएको छ भने उता कवें पक्षबाट उपसभापतिमा रामगोपाल न्यौपाने, गोकुल बहादुर खत्री सचिवमा पूर्ण कृष्ण श्रेष्ठ, कविन्द्र मिश्र सहसचिवमा अनिल भुजु र बिष्णु साय श्रेष्ठ उठ्नु भएको छ । दुवै पक्षले सदस्य सहितको आफ्नो सम्पूर्ण प्यानल खदा गरि नामहरु सार्वजनिक गरिसकेका छन् । त्यसो त १ नं. क्षेत्रमा महासमिति सदस्यहरु निर्विरोध भई सकेका छन् । जसमा थापा पक्षका मन्त्री कृष्णलाल भडेल, बाबुराजा जोशी, जग्गनाथ कार्की, पुष्कर खत्री, रजनी अमात्य जोन्छे, सुभद्रा काफ्ले, राधा बानियां (सरु), गंगा देवी अवाल रहेका छन् भने उता कवें पक्षका प्रविन वन निर्विरोध भएका छन् ।

क्षेत्र नं. २ को केन्द्रिय महासमिति सदस्यहरुमा थापा पक्षबाट मदन कृष्ण श्रेष्ठ, मुरारीप्रसाद आचार्य, नारायण भक्त खायमली, बिष्णुराज कार्की, पूर्ण बिसुंखे खुल्ला तर्फबाट उठेका छन् भने कवें पक्षबाट गणेशमान चक्रधर, उद्धव शिलवाल, राजनकाजी त्वाती, सन्तोष भट्टराई, अच्युत प्रसाद मिश्र उठेका छन् । प्रत्यक्ष महिला तर्फ दुई जना चाहिनेमा रमा कोईराला थापा पक्षमा उठेकी छिन् भने अन्जना देवी मधिकर्मी र प्रमिला सुवेदी उठेकी छिन् । आदिवासी जनजाती खुल्लामा दुवै पक्षका एक एक जना दिल कृष्ण प्रजापति र ज्ञानदास प्रजापति निर्विरोध निर्वाचित भएका छन् ।

त्यसै गरि आदिवासी महिलामा कमला कर्माचार्य निर्विरोध निर्वाचित हुनुभएको छ भने खसआर्य महिलामा संगिता थापा निर्विरोध भएकी छन् भने खसआर्यमा उमेश खड्का थापा पक्षबाट उठेका छन् भने लछुराज न्यौपाने कवें पक्षबाट उम्मेदवार बनेका छन् ।

सम्बन्धित खवर