पहिलो खेलमै भुटानसँग हारेको नेपालले उचाल्यो उपाधी

११ असोज, काठमाडौं ।नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ ।भुटानको थिम्पुमा भएको खेलमा नेपालले भारतलाई २–० ले हराउँदै नेपालले उपाधी उचालेको हो।
दिनेश हेन्जनले  दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे ।खेलमा हेन्जनले सम्झन लायक प्रदर्शन गरेका थिए।त्यसपछि पनि कुनै गोल हुन सकेन र नेपालले २–० ले खेल जित्यो ।

पहिलो खेलमै   पहिलो पटक भुटानसँग ऐतिहाँसिक रूपमा १–० ले पराजित भएको थियो ।साथै गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार नेपालले माल्दिभ्सलाई २–० ले हराएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया