राप्रपा प्रजातान्त्रिक भक्तपुर अध्यक्षमा रामशरण लामिछाने

अाश्विन २२, भक्तपुर / राप्रपा प्रजातान्त्रिक भक्तपुरको जिल्ला अध्यक्षमा रामशरण लामिछाने सर्वसम्मत चयन भएका छन् । यसैगरी पार्टी विभाजन भएको दुई महिना पछि भक्तपुरले ३१ सदस्यीय कार्यसमिति हुने गरि पुर्णता पाएको छ ।

लामिछाने पार्टी एकता अगाडि तत्कालीन राप्रपाको जिल्ला अध्यक्ष र राप्रपा र राप्रपा नेपाल बिचको एकता पश्चात् पनि जिल्ला अध्यक्ष थिए । भक्तपुरमा राप्रपा प्रजातान्त्रिकको जिल्ला अध्यक्ष को हुने भन्ने लामो छलफल पछि आज बसेको जिल्ला कार्यसमिति बैठकमा जिल्ला अध्यक्ष चयन समितिले गरेको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरि अध्यक्ष चयन गरेको हो । 

साथै राप्रपा प्रजातान्त्रिक जिल्ला कार्यसमिति भक्तपुरमा पार्टी विभाजन अगाडिका राप्रपाका १७ जिल्ला सदस्यहरु सहित युवा नेता रोशन थापा लगायतका अधिकांश युवाहरूको बर्चस्व रहेको छ। 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया