महामन्त्री लामाको गृह जिल्लामा अध्यक्ष चयन

अाश्विन २२, काभ्रेपलान्चोक  / राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं उद्योग राज्यमन्त्री रेशम लामाको गृह जिल्ला काभ्रेपलान्चोकमा राप्रपा प्रजातान्त्रिकको  जिल्ला अध्यक्षमा वीर बहादुर योञ्जन सर्वसम्मत चयन भएका छन् । पार्टी विभाजन भएको दुई महिना पछि ३ उपाध्यक्ष १ सचिव सहित ३५ सदस्यीय कार्यसमिति गठन भएको  छ ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं उद्योग राज्यमन्त्री रेशम लामाको प्रमुुख आतिथ्यतामा बसेको आजको जिल्ला भेलाले जिल्ला अध्यक्ष लगायतका पदाधिकारी एवं सदस्यहरू सर्वसम्मतिले चयन गरेको हो ।

यसैगरी सि नेपाल कि अध्यक्ष स्मिता लामा लगायत जिल्ला कार्यसमितिमा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया