राप्रपा प्रजातान्त्रिकको प्रवक्तामा प्रदिप उदय


आश्विन ३१/ काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकको प्रवक्ता पदमा रुपन्देहीका प्रभावशाली नेता एवं केन्द्रीय सदस्य प्रदिप कुमार उदय मनोनयन भएका छन् । उनी राप्रपा र राप्रपा नेपाल एकिकरण अघि राप्रपा नेपालका केन्द्रीय सदस्य थिए भने राप्रपा विभाजन पछि राप्रपा प्रजातान्त्रिकमा लागेका थिए ।

उनी पार्टी एकता पछि दुबै राप्रपाको भातृ संगठन युवक संगठनको संयोजक समेत भएका थिए । स्टार एफ एम को कार्यकारिणी अध्यक्ष उदय संचार जगतका चिरपरिचित व्यक्ति हुन । राप्रपा प्रजातान्त्रिकका प्रवक्ताहरु मध्ये उनी मात्रै संचार क्षेत्रका हुन ।

यसैगरी आगामी प्रदेश सभा नं ५ को लागि राप्रपा प्रजातान्त्रिक प्रदेश समितिले उनलाई आदिवासीजनजातिबाट पहिलो नम्बरमा समानुपातिक तर्फको उम्मेदवार समेत सिफारिस गरेको छ ।

त्यस्तै राप्रपा प्रजातान्त्रिकले विभिन्न केन्द्रीय नेताहरूलाई पदाधिकारीमा मनोनयन गरेको छ । जस अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक बोहरा र केशरबहादुर विष्ट, उपाध्यक्षमा श्रीमती दुर्गा श्रेष्ठ, महामन्त्रीमा राजाराम श्रेष्ठ, उच्चस्तरीय कार्यसम्पादन समितिमा कृष्ण प्रताप मल्ल, जगत प्रसाद गौचन र रामकृष्ण भट्टराई तथा अर्को प्रवक्तामा किशोर बहादुर कार्की छन् ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया