पदबहाली गरेकै दिन स्वास्थ्य मन्त्री बोहराको चमत्कार , डा. केसीको अनसन अन्त्य

स्वास्थ्य मन्त्रीको पदबहाली गरेकै दिन मन्त्री दीपक बोहराले विशेष सक्रियतामा डाक्टर गोविन्द केसीको अनसन र नेपाल सिएमए संघको अान्दोलन अन्त्य गरेका छन् ।

पदबहाली गरेको केही घण्टामै उनी डा. केसीलाई भेट्न गई त्यहाँबाटै प्रधानमन्त्रीलाई केसीसंग फोनमा कुरा गराएका थिए ।


यसैगरी प्रधानमन्त्री देउवाले फोनबाटै स्वास्थ्य मन्त्रालय लगायत अन्य मन्त्रालयसँग सम्बन्धित मागहरू सम्झौता पत्रमा भए बमोजिम प्रतिबद्ध भएको जानकारी दिए पछि स्वास्थ्य मन्त्री दिपक बोहराको रोहबरमा डा.गोबिन्द के.सी.ले १० बर्षकी बालिकाको हातबाट जुस पिएर  १४औ दिनमा अनसन तोडेका हुन ।
आजै दुबै पक्षका वार्ता समितिले तयार गरेको १० बुदे सम्झौता पत्रमा दुवै संयोजकहरुले हस्ताक्षर गरेका छन् । सरकारले डा. केसीको माग पूरा गर्न चिकित्सा ऐन अध्यादेश मार्फत ल्याउने भएको छ भने सबै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने र काठमाडौं नेशनल कलेजको सम्बन्धनका विषयमा उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनको आधारमा दोषीलाई कार्वाही गर्ने विषयमा समेत सहमति भएको छ ।

स्वास्थ्य मन्त्री बोहराले पदबहाली गर्दा पत्रकार भेटघाटमा अब डाक्टर गोविन्द केसीले स्वास्थ्य क्षेत्रको विषयमा कहिल्यै अनसन बस्न नपर्ने गरि आफ्नो कार्यकालमा सुधार गरेरै छोड्ने बताएका थिए ।

आजैका दिन मन्त्री बोहराले आफ्नै पहलमा नेपाल सि. एम. ए. संघसँग वार्ता गरि ४ बुदे सहमति गरेर उनिहरुको धर्ना तथा आन्दोलन समेतको अन्त्य गरेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया