छ बर्ष देखिको केसीको माग स्वास्थ्य मन्त्री दीपक बोहोराले पुरा गरिदिए !


कार्तिक ६, काठमाडौं / छ बर्ष देखि विभिन्न माग राखि पटक-पटक अनसन बसेका डा गोविन्द केसीका मागहरू अन्तत स्वास्थ्य मन्त्री दीपक बोहराले पुरा गरिदिएका छन्।स्वास्थ्य मन्त्री भएकै दिन केसीको बाह्रौ अनसन तोडाउन सफल भएका बोहराले अन्तत केसीकै माग बमोजिम चिकित्सा शिक्षा ऐन मन्त्रिपरिषदबाट पारित  गराएका छन् ।

आपुर्ति मन्त्री हुँदा पनि नाकाबन्दीको समयमा भएको तेलको अभाबलाई मध्यनजर गर्दै बोहराले कुनै हालतमा तेल भण्डारण बढाउनु पर्ने भन्दै तेल भण्डारण क्षमता नब्बे दिनको बनाउने महत्वपुर्ण कार्य गरेका थिए तर गोपाल खड्काको बदमासी र संचारमाध्यमको पुर्व पंचहरूलाई हेर्ने गलत दृष्टिकोणका कारण बोहराको उक्त कार्य छायामा परेको थियो। अहिले पनि केसीको माग एक हप्तामा पुरा गरिदिँदा समेत संचारमाध्यमले बोहराको प्रशंसा  गर्न लोभ गरेको देखिन्छ।

अनुभवि एवम् भनेपछि पुरा गर्ने स्वभावका बोहराले केसीले छ बर्ष देखि राखेको माग र पटक पटक अनसन बसी राखेको माग एक हप्तामै तादरूकताका साथ पुरा गरिदिएका छन्।

मेडिकल माफियाको नेतृत्वकर्ता एमाले र माओवादीका नेता मात्र स्वास्थ्य मन्त्री रहँदै आएका थिए तर राप्रपा प्रजातान्त्रिकका बरिष्ठ उपाध्यक्ष बोहरा स्वास्थ्य मन्त्री भएपछि माफिया सिध्याउने उक्त विधयेक विना हिच्किचाहट पारित गरिदिएका छन् । यसले मेडिकल माफियाहरूको भविष्य समेत सङ्कटमा परेको छ साथै बाह्र पटक सम्म स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै अनसन बस्दै आएका केसीको पनि उचित सम्मान भएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया