पास भयो चिकित्सा शिक्षा अध्यादेश , उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न प्रतिबन्ध

६ कातिक, काठमाडौं । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने गरी सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश पास गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश पास गरेको हो । संसदबाट विधेयक पास नभएपछि स्वास्थ्य मन्त्री दीपक बोहराको नेतृत्वमा  सरकारले डा. गोविन्द केसीसँग अध्यादेश ल्याउने सहमति गरेको थियो ।अब विधयेकलाई राष्ट्रपतीले प्रमाणिकरण गर्नुपर्नेछ।

अध्यादेशमा काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा १० वर्षसम्म मेडिकल कलेज खोल्न नदिइने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्वन्धन दिन सक्ने उल्लेख छ।
यससँगै तत्कालका लागि मनमोहन, काठमाडौं नेशनल लगायतका मेडिकल कलेजले सम्बन्धन पाउने बाटो बन्द भएको छ ।तथापि अध्यादेश नयाँ संसदको बैठक बसेको ६० दिनभित्र पास हुनु पर्ने संवैधानिक व्यवस्था छ । यदि पास हुन सकेन भने स्वत खारेज हुनेछ

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया