सिटौलाको उद्घोष: झापा-३ बाट प्रत्यक्षतर्फ नै चुनाव लड्छु,लिङ्देन अप्ठ्यारोमा!

झापा-३ बाट प्रत्यक्षतर्फ नै चुनाव लड्छुः सिटौला

६ कात्तिक, झापा ।बाह्रदशी गापामा आज आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका पुर्व महामन्त्री एवम् प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाले आगामी मंसिर २१ गते हुने संसद्को निर्वाचनमा आफू प्रत्यक्षतर्फ नै चुनाव लड्ने उद्घोष गरेका छन्।

यसअघी  उक्त क्षेत्र लोकतान्त्रिक गठबन्धनका कारण राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनलाई काङ्ग्रेसले  छाड्ने र सिटौला समानुपातिकमा रहने  बताइएको थियो।उनले प्रत्यक्षमै चुनाव लड्ने बताएपछि यता राप्रपा महामन्त्री लिङ्देन भने अप्ठेरोमा परेका छन्।

उनले समानुपातिकमा पार्टी सभापति शेरबहादुर देउवाले नै आफूलाई सिफारिस गरेको र उनले देशभरि घुम्नुहोस्, चुनावको कमाण्ड सम्हाल्नुहोस् भन्दा पनि आफूले पार्टीका कार्यकर्ताको मर्म र भावनालाई बुझ्दै प्रत्यक्षतर्फ नै चुनाव लड्ने विचार गरेको बताए ।साथै व्यक्तिगत अवसरका लागि आफु नदौडिने पनि उनले स्पष्ट पारे।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया