तेस्रो वरियताका रेग्मी मुख्यसचिव बन्ने पक्का

 


६ कात्तिक, काठमाडौं । सरकारले लोकदर्शन रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले गृह सचिव रहेका रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

यससँगै रेग्मी २४ औं मुख्यसचिव बनेका छन्।यसअघिका मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री उमेर हदका कारण मंगलबाट अनिवार्य अवकास पाउँदैछन्।
तत्कालीन मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंकमा जागिर खान राजीनामा दिएर हिँडेपछि क्षेत्री २९ असारमा मुख्य सचिव बनेका थिए ।

ङइन्द्रप्रसाद उपाध्याय र शंकर अधिकारी पनि  रेग्मी सँगै मुख्यसचिवको प्रतिष्पर्धामा थिए । तर, वरियताक्रममा तेस्रो स्थानमा रहेका रेग्मीले बाजी मारे ।
मुख्यसचिवको आकांक्षी तीनै सचिव २०७० साउन ६ गते सचिवमा बढुवा भएका थिए । वरियताक्रममा उपाध्याय पहिलो, अधिकारी दोस्रो र रेग्मी तेस्रो स्थानमा छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया