धरान प्रशासनका नासु सहित तिनजना कर्मचारी घुस लिदालिदै पक्राउ

सुनसरी ,धरान/ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रीय सम्पर्क कार्यालय इटहरीले इलाका प्रशासन कार्यालय धरानका तीन जना कर्मचारीलाई २० हजार नगदसहित प्रक्राउ गरेको छ ।

नासु हर्कराज राई, नासु युवराज पोख्रेल र नासु मोहन सुवेदीलाई अख्तियारका डिएसपी मुकुन्द रिजालको टोलीले कार्यालयबाटै रंगेहात प्रक्राउ गरेको हो ।

बराह क्षेत्र गाविसका एक सेवाग्राहीले सर्टिफिकेट र नागरिकतामा जन्म मिति एक महिनाको फरक भएपछि मिलाउन कार्यालय जाने क्रममा सेवाग्राहीसंग २० हजार माग गरेपछि उनले अखितयारमा उजुरी गरेका थिए । सोही उजुरीका आधारमा डिएसपी रिजालको टोलीले रंगेहात प्रक्राउ गरेको हो ।

 

सर्टिफिकेट र नागरिकताको जन्म मिति फरक पर्दा भविष्यमा अफ्ठ्यारो पर्ने भन्दै तिहार अगाडि नै नागरिकता सच्याउन गएका ती सेवाग्राहीलाई २० हजार माग गरेको र ती सेवाग्राहीले अख्तियारमा उजुरी दिएका कारण छापा मार्ने क्रममा तीनै जनालाई रंगेहात प्रक्राउ गरिएको टोलीमा खटिनु भएका डिएसपी मुकुन्द रिजालले बताउनुभयो ।

प्रक्राउ पर्ने तीनै जनालाई कानुनी कारबाही अगाडि बढाइने उहाले बताउनुभयो । उनीहरुलाई भोलि टंगालस्थित अख्तिष्यार दुरुपयोग अनुसन्धान कार्यालय पु¥याइने र प्रक्रिया अनुरुप कारबाही अगाडि बढाइने उहाले जानकारी दिनुभयो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया