घरभाडा प्रकरण-पुर्व राष्ट्रपती यादवकै गल्ती

राष्ट्रपति कार्यालयले पूर्वराष्ट्रपति रामवरण यादवकै कारण बहाल दिन नसकेको बताएको छ।यादवले  आफूलाई मासिक कति घरभाडा चाहिन्छ भन्ने जवाफ नदिएकाले उनको निवासको भाडा तिर्न नसकेको  राष्ट्रपती  कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्यालले बताए ।

राष्ट्रपति कार्यालयले तपाईँ मासिक २ लाख कि १ लाख घर भाडा लिनुहुन्छ भनी सोधेको तर उनले त्यसको जवाफ नपठाएकाले भाडा तिर्न ढिला भएको उनको भनाई छ।साथै यादवले बहाल तिर्न कुनै पहल नगरेको र पाउने सुविधा नि अरूले नै गरिदिए हन्थ्यो भन्ने मनसाय राखेकोले भाडा समयमै असुल हुन नसकेको बुझिएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया