विक्रम पाण्डेले भने: हामी टुरिष्ट प्रचण्डले बनाइदिएको स्वीटजरल्याण्डमा छौं

विक्रम पाण्डेले भने: हामी टुरिष्ट प्रचण्डले बनाइदिएको स्वीटजरल्याण्डमा छौं

२१, कात्तिक, चितवन ।राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष , वन मन्त्री एवम् लोकतान्त्रिक गठबन्धनका तर्फबाट चितवनमा प्रचण्डविरुद्ध चुनाव लडिरहेका राप्रपा नेता विक्रम पाण्डेले प्रचण्डको चर्को आलोचना गरेका छन् ।

भरतपुर विमानस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा नेता पाण्डेले आफ्ना समकक्षीमाथि कडा आलोचना गरेका हुन्।उनले प्रचण्डको आलोचना  गर्दै भने- ‘प्रचण्डलाई भाषण मात्र गर्न आउँछ, विकास गर्न आउँदैन्, सिरहा र रोल्पामा पनि राम्रै विकास गरेर उहाँ यहाँ आउनुभएको होला । उहाँले बनाइदिएको स्वीजरल्याण्डमा त छौं हामी ।’

साथै पाण्डेले माडी जान सुरूङ मार्ग र आकाशे पुल बनाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दिएको आश्वासन लाई आकासे आश्वासनको संज्ञा दिएका छन्।
‘निकुञ्जमा सुरूङ मार्ग बनाउन धेरै वर्ष लाग्छ ।’ नेता पाण्डेले भने ‘त्यहाँ खर्च हुने पैसाले सिंगो चितवन जिल्लाको विकास गर्न पुग्छ ।’
माओवादी अध्यक्ष प्रचण्ड अर्को चुनावमा चितवन छाडेर अन्यत्रै गएर उठ्ने पाण्डेले बताए

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया