प्रचण्डका पुर्व स्वकिय सचिव काङ्ग्रेसमा प्रवेश गरेपछी..

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष एवम् माओवादी अध्यक्ष प्रचण्डका पुर्व स्वकीय सचिव चेतराज भट्टलगायत दर्जन माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस  प्रवेश गराएका छन्।

भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिव समेत थिए। उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य थिए।
त्यस्तै डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन्।

साथै भट्ट काङ्ग्रेस प्रवेश गरेपछि प्रचण्डको किचन क्याबिनेटमा भने रूवाबासी चलेको स्रोतले बताएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया