गोलाकार भित्रको हँसिया हथौडाले फालेको हिन्दुराष्ट्र गोलाकार भित्रको हलोले फर्काउँछ-महासचिव बस्नेत

राप्रविसं महासचिव राज बस्नेतले अब बास्तबमै नेपाल हिन्दु राष्ट्र बन्ने बताएका छन्।त्यसको लागि उनले सम्पुर्ण हिन्दुवादी,राष्ट्रवादी,विकासप्रेमी र एक्काइसौ सताब्दी अनुकुलको नैतिक राजनीति चाहनेले अब भ्रममा नपरी  एकपटक हलोमा मतदान गर्नुपर्ने बेला आएको बताए।
चौतारी खबर सँग कुरा गर्दै
बस्नेतले गोलाकार भित्रको हुँसिया हथौडाले फालेको हिन्दु राष्ट्र वास्तबमै अब गोलाकार भित्रको हलोले फर्काउने पनि उद्घोष गरे।उनले भने अब पार्टी भित्र  युवा र विद्यार्थीले यो मुद्धाको नेतृत्व लिइ जनतामा हिन्दुराष्ट्रको मुद्दाको बुई चढी मन्त्री बन्ने बाटो खनेको भन्ने भ्रम हटाउने छौँ।
दुइ -चार सिटले नेपाल हिन्दु राष्ट्र पबन्ने बताउँदै त्यसको लागि एकपटक धर्म संस्कार र संस्कृतिको रक्षा गरि नेपालको मौलिकता बचाउनु पर्छ भन्नेहरू एकजुट हुनुपर्ने बेला आएको उनको निष्कर्ष छ।
हिन्दुत्वको सगरमाथा भुलेर युरोपेली सँस्कृतिको पर्वत खडा गर्न खोज्ने कुचेष्टा नगर्न पनि उनले चेतावनि दिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया