गृहमन्त्री जनकपुर पुगेपछि थाहा नै नदिई आएको भनि मुख्यमन्त्री आक्रोशित

१८, बैशाख/  केन्द्र सरकार र प्रदेश सरकारबीचको दुरी जनकपुरमा देखिएको छ । यही वैशाख २८ गते जनकपुर आउन लागेका भारतीय प्रधामन्त्री नरेन्द्र मोदीको स्वागतका लागि सुरक्षा तयारीबारे बुझ्न केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोली थाहै नदिई मंगलबार बिहान जनकपुर पुगेपछि प्रदेश २ का मुख्यमन्त्री आक्रोशित भएका छन् ।

मोदीको स्वागत र अभिनन्दनका लागि सजाइँदै गरेको अवस्था बुझ्न मुख्यमन्त्री मोहम्मद लालबाबु यादव बाह्रबिघा मैदान पुगेका बेला अचानक नेपाली सेनाको हेलिकोप्टरमा पुगेपछि प्रदेश २ का मुख्यमन्त्री आश्चर्यचकित भएका थिए ।

‘प्रदेश सरकार छ भन्ने तपाईँहरुले ख्यालै नगरी आइपुग्नुभयो, कम्तिमा केन्द्र सरकारको टोली प्रदेशमा आउँदा समन्वय त हुनुपर्छ नि’, आक्रोशित भएका मुख्यमन्त्री राउतले गृहमन्त्री थापासँग भने, ‘यस्तो व्यवहारले त प्रदेश र केन्द्रबीच दुरी बढाउने काम हुन्छ ।’

मुख्यमन्त्री राउतले आक्रोश पोखेपछि आफूहरुबाट कम्जोरी भएको बताउँदै गृहमन्त्री थापाले अबका दिनमा यस्ता कुरालाई सच्याउने बताए । ‘केन्द्र र प्रदेशबीच दुरी बढाउने हाम्रो योजना होइन’, थापाले भने, ‘अबका दिनमा कम्जोरी सुधार्दै समन्वय बढाउँछौँ ।’

गृहमन्त्री थापा तीनै सुरक्षानिकायका प्रमुख, गृहसचिव र अन्य सुरक्षा अधिकारीसहित सेनाको हेलिकोप्टरबाट जनकपुर पुगेका हुन् । उनले जिल्ला प्रहरी कार्यालय पुगेर मोदीको स्वागतमा गरिने सुरक्षा चुस्त दुरुस्त बनाउन निर्देशन पनि दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया