किन आए चिनियाँ उपप्रधानमन्त्री वाङ याङ

 

चिनिया उपप्रधानमन्त्री वाङ याङ बुधबार सम्मका लागी नेपाल भ्रमणमा आएका छन।याङ पाकिस्तान बाट सोझै नेपाल आएका हुन।वाङको भ्रमण लामो समय पछी भएको चिनिया उच्च अधिकारीको भ्रमण हो।

डोक्लाममा भारत र चिन बिच असमझदारी बढ्दै गएका बखत चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट व्युरो सदस्य समेत रहेका याङको भ्रमणलाई  नेपालका परराष्ट्र विज्ञले अर्थपुर्ण भएको बताएका छन।चिनले अहीले डोक्लाम प्रकरणमा नेपालको समर्थन खोज्नका लागी वाङले भ्रमण गरेको कुरा राजनीति जगतमा अड्कल काट्न थालिएको छ।

पछिल्लो समय नेपालको राजनीतिक नेतृत्व भारत प्रती बढी झुकाब भएको कारण पनि चिन नेपालमा आफ्नो उपस्थिती दर्शाउन चाहन्छ।र यसैका लागी चिनले छिमेकी देश नेपालमा वाङलाई भ्रमणमा पठाएको अधिकारीहरू बताउँछन।

वाङले नेपाल बसाईका क्रममा राष्ट्रपति,प्रधानमन्त्री र विभिन्न दलका शिर्ष नेतृत्वसँग सिष्टचार भेटघाट गर्नेछन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया