बामदेवलाई मुकुन्देको चुनौती-नेकपाको फुट रोक्न नेकपा कार्यकर्ताले मलाई भोट दिन्छन

रत्नपार्कको रूख चढेर भाषण गर्दै चर्चामा आएका मुकुन्द घिमेरे अन्तत प्रत्यक्ष राजनितीमा आउने भएका छन्।उनी बामदेवलाई जिताउन भनेर खाली गरिएको काठमाण्डौ क्षेत्र नम्बर सात बाट उम्मेदवार बन्न लागेका हुन।

हिन्दु राष्ट्रका पक्षधर घिमीरे खरो र यथार्थ विश्लेषणका माहिर मानिन्छन्।असिमीत विश्लेषण क्षमता भएका घिमीरेलाइ केही उनको कुरोको चुरो बुझ्न नसक्नेहरूले अनेक आरोप पनि लगाउने गरेका छन्।घिमीरेले पन्ध्र वर्ष देखि एकल प्रयासमा आफुला शसक्त रूपमा राजनितीमा उतारेका छन्।

घिमीरेले उम्मेदवारी दिए बामदेवलाई अप्ठेरो पर्ने देखिएको छ।राजनैतिक दलबाट वाकदिक जनताले उनको पक्षमा मतदान गर्ने प्रवल सम्भावना रहेको छ।स्वतन्त्र र निष्पक्ष चुनाव भएमा मुकुन्द घिमीरे लाई सबैतिर बाट साथ मिल्ने देखिएको छ।

घिमीरे सामाजिक संजालमा अत्याधिक खोजिका पात्र हुन्।उनको परम्परागत र मौलिक साथै यथार्थ विश्लेषणले पनि उनलाई प्रतिनिधि शभामा चाहिने व्यक्तिका रूपमा कतिपयले उभ्याएका छन्।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया