निर्मलाको पोस्टर टाँस्ने १२ जना पक्राउ, प्रहरीले हटायो फोटो

काठमाडौं \ निर्मलाको लागि न्याय माग्दै माइतिघरमा प्रदर्शन गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारपछि हत्या भएको चार महिनासम्म पनि दोषीमाथि कारवाही र पक्राउ गर्न नसकेको भन्दै उनीहरुले माइतीघर मण्डलामा नाराबाजी र पोस्टर टाँस गर्दै प्रदर्शन गरेका थिए ।

निर्मलाको पक्षमा न्याय माग्दै बुधबार राति टाँसिएका निर्मलाका तस्वीरहरु बिहीबार प्रहरीले हटाएको थियो ।

सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर विजुलीको खम्बामा राखिएको थियो । त्यसकै शैलीमा केही युवाले सरकार भेटियो न्याय भेटिएन लेखिएका पोस्टरहरु टाँसेका थिए तर प्रहरीले पोस्टरहरु हटाएको थियो ।

प्रहरीले पोस्टरहरु हटाएपछि युवाहरुले फेरि आज माइतिघर क्षेत्रमा पोस्टर टाँसेका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया