सुर्खेतमा यात्रुवाहक बस दुर्घटना

सुर्खेत ̸  सुर्खेतमा शनिबार साँझ जनजागृति युवा क्लब लेकबेंशी–८ गन्नेपानीको वनभोज टोली फर्कदै गरेको भे१ख ८५९ नम्बरको बस कपासे नजिकै मोडमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा लेकबेंशी–८ गन्नेपानीकी जानकी दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय,  प्रहरी प्रमुख , प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए ।

दुर्घटनाका घाइतेलाई उद्दार गरी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल कालागाउँ, माया नर्सिङ होम तथा देउती असपतालमा उपचार भइरहेको प्रहरी प्रमुख रजौरेले बताएका छन् ।

दुर्घटनास्थलमा छ जनाभन्दा बढी गाडीमुनि च्यापिएकाले उनीहरुलाई निकाल्ने प्रयास भइरहेको बताइएको छ ।  उद्धार कार्य जारी रहेकाले थप विवरण आउन बाँकी रहेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया