प्रहरी जवान आफ्नै कोठा भित्र यस्तो अबस्थामा भेटिए

दमक/बिहान ६ बजेसम्म ड्युटी गरेर कोठामा गएका एक प्रहरी जवान कोठामा मृत भेटिएका छन् । उनले आत्महत्या गरेको हुनसक्ने बताइएको छ । २४ बर्षिय टेकराज पौड्याल मृत भेटिएको प्रहरीले जनाएको छ ।

झ्यालमा पासो लगाइ टि टेवलमा बसेको अवस्थामा पौड्यालको शव देखिएपछि घरबेटीले प्रहरीलाइ खबर गरेका थिए । प्रहरीले १२ बजे थाहा पाएको जनाएको छ । उनको ड्युटी आज २ बजेदेखि थियो ।

आज आइतवार बिहानसम्म ड्युटी गरेका उनि कोठा सर्ने तयारीमा थिए । बसोबास गर्दै आएको घरको भुइतलामा सर्नका लागि तयारी गरेको अवस्थामा नै यसरी मृत भेटिएको जनाइन्छ ।

इलाका प्रहरी कार्यालय दमकले घटनाको बिषयमा अनुसन्धान भइरहेको जनाएको छ । पौड्याल केहि महिना अघि तेह्थुमको बसन्तुपरबाट सरुवा भएर यहाँ आएको बताइएको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया