प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशीको अवार्ड

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली एसिया प्यासिफिक सम्मेलनबाट सम्मानित हुनुभएको छ । प्रधानमन्त्री ओली लिडरसिसिप एन्ड गभेर्नेन्स अवार्डबाट सम्मानित हुनुभएको हो । आयोजक युनिभर्सल पिस फेडरेसनले उहाँलाई आइतवार एसिया प्यासिफिक सम्मेलनको समापन कार्यक्रममा सम्मान गरेको हो ।

फेडरेसन प्रमुख हक जा हन मुनले प्रधानमन्त्री ओलीलाई १ लाख डलर राशीको अवार्डका साथै सम्मान पत्र प्रयादन गरिन् ।

गत शुक्रवारदेखि काठमाडौंमा शुरु भएको एसिया प्यासिफिक सम्मेलनको आइतवार समापन गरिएको छ । सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया