मधेसीवादी नेता ज्यु?नाकाबन्दी गर्नेलाई दिन आधा करोड हुने,जलबन्दी पीडितलाई आधा लाख नहुने?


आन्दोलनमा मारिनेलाई दिन आधा करोड हुने बाढी पहिरो पीडितलाई दिन आधा लाख नि नहुने??
अहिले मधेस केन्द्रीत दलहरूले खेप्नुपरेको एउटा गम्भिर प्रश्न हो यो।सामाजिक संजालका भित्ताहरू अहिले यस्तै आक्रोस र उत्तेजक प्रश्नहरूले भरिएका छन।

हिजो मधेस आन्दोलनमा मारिने प्रत्येक व्यक्तिलाई दिनको लागि मधेस केन्द्रीत दलहरू सँग पचास लाख हुने अनि आज बाढी पीडितलाई दिन मरेर आधा लाख नि नहुने?हिजो बाँड्नका लागी पचास लाख कहाँबाट आएको थियो?

आन्दोलन, नाकाबन्दी जस्ता अराजक र सामाजिक एकता भाँड्ने कृयाकलाप गर्न हजारौ कार्यकर्ता निकाल्न सक्नेले आज जलबन्दीमा किन आफ्नो तुजुक देखाउन नसकेको।

हिजो सोझा सिधा नागरिकको बली चढाएर आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न आन्दोलनमा आए आधा करोड रकम दिन्छु भन्ने मधेसवादी दलहरूले आज हजारौ नागरीक बिचल्लीमा पर्दा किन ढोकामा चुकुल लगाएर बसिरहेका छन?हिजो पहाडमा नाकाबन्दी गर्न लगाएर मज्जा लिँदै लालु गुहार्न पुग्नेहरू आज मधेसीको जीवन नै जलबन्दी हुँदा किन लालुको पाउ पर्न सक्दैनन जबकी उसकै कारणले यो हाहाकार मच्चिएको छ?

देशमा माग्नुपर्ने कुरा माग्न चै लालुसँग माग्न पुग्ने अनि लालुबाट लिनुपर्ने कुरामा चै प्वाल छिर्ने यो कस्तो चरित्र हो तपाईहरूको।

मधेसीलाई खोक्रो अधिकारको सपना बाँडेर सोझा र गरीब मधेसी माथी तपाईहरूको राज कहिले सम्मलाई?मधेसीको अभिभावक हुँ भनेर हुँकार गर्नेले आज बास्तविक अविभावकत्व प्रदान गर्ने बेलामा किन तै चुप मै चुप गर्नुहुन्छ।

नेपालको हावापानी र दानापानी खाएर पनि
नेपाल भित्र अर्धउपनिवेश देख्ने तपाईहरूले भारतको वास्तविक ज्यादती र लुप्त औपनिवेशिक संस्कार अब देख्ने कि नदेख्ने?

मसीले कागजको पानामा दुईटा अधिकारका शब्द चोप्दैमा सर्वैसर्वा हुन्छ भन्ने धारणा अब बदल्ने कि नबदल्ने?

पदका लागी लाखौ मधेसीलाई झुटो आश्वासन दिएर भट्काउने मधेसी नेताले आज सारा मधेस आँशुमा हुँदा देखाएको गैर जिम्मेवार चरित्रले उनीहरूले देखाउने मधेस प्रेम किन र केका लागी स्पष्ट भएको छ।

राप्रविसं महासचिव
राज बस्नेतको फेसबुक वालबाट

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया