सरकार मुलुकलाई धार्मिक र साँस्कृतिक उपनिवेश बनाउन अग्रसर – राप्रपा (प्र) अध्यक्ष, पशुपतिशमशेर

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले वर्तमान सरकारले आफ्नो प्रत्यक्ष सहमति, संलग्नता तथा परोक्ष संरक्षणमा क्रिश्चियन धर्म विशेषको कार्यक्रममा सहभागिता जनाउनु आपत्तिजनक रहेको र यसले यो मुलुकलाई धार्मिक र सांस्कृतिक कसै अरु पक्षको उपनिवेश बनाउने षड्यन्त्रमा सरकार औजार भएर निस्केको त छैन भन्ने आशंका गरेका छन् ।

 

अध्यक्ष राणाले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले हाम्रो पार्टी सरकारको यो कदमप्रति गम्भिर आपत्ति जनाउँदै भर्खरै द्वन्द्वबाट मुक्ति पाएको मुलुकमा सरकारले राष्ट्रको सम्पूर्ण संयन्त्र संचालन, परिचालन गरि  साधन, स्रोतलाई दुरुपयोग गरेर क्रिश्चियन धर्मको पक्षमा संरक्षण र प्रचारप्रसार गर्न संलग्न भएकोले मुलुकमा डरलाग्दो सांस्कृतिक द्वन्द्वको उत्पत्ति हुने खतरा रहेको बताए ।

आफूहरु धर्मनिरपेक्षताको विराधी भएको र जब यो राष्ट्रलाई धर्मनिरपेक्ष घोषणा गरियो, तब यो मुलुकको मौलिक परिचय नै मेटियो । हामीले संविधान पारित हुने बखतपनि धर्मनिरपेक्षताप्रति गम्भिर असन्तुष्टि र असहमति दर्ज गराएका थियौं ।’ राणाले भने ।

अहिले सरकारले जुन ढंगबाट क्रिश्चियन धर्मको कुरालाई लिएर अगाडि बढाउने प्रयत्न गर्यो त्यो गलत भएको साथै धर्मनिरपेक्षतालाई मान्ने पार्टी चाहे त्यसका नेता माधव नेपाल हुन् वा चाहे त्यो हालको प्रधानमन्त्री होस्, उहाँहरु धर्मनिरपेक्षताको पक्षमा आफ्नो विचार स्पष्ट गरेका व्यक्ति हुन् । तर, अस्तिको एशिया प्यासिफिक समिटको नाममा जुन ढंगबाट एउटा धर्मको (क्रिश्चियन धर्म)को पक्षमा उहाँहरु अगाडि सर्नुभयो, यसले माधव नेपाल र ओलीको कदम धर्मनिरपेक्षताविरोधी भएको अध्यक्ष राणाको गम्भिर आरोप लगाएका छन्  ।

उनले भने,‘यो साम्यवाद विरोधी कदम हो । साम्यवादले कुनै एक धर्मलाई प्रचार गर्न दिँदैन् । यो सबै हुँदाहुँदै पनि किन यस्तो भैरहेको छ ? कतै यो मुलुकलाई अर्कै दिशामा लैजाने षड्यन्त्र त भएको छैन ? त्यस्तो षड्यन्त्र भयो भने आफ्नो पार्टी त्यसको सशक्त विरोधीमा उत्रिने पनि राणाले चेतावनी दिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया