पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकालिदै

कन्काई नगरपालिकामा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले पोलिथिनका झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ । तीन वर्षअघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमूनाका रुपमा पहिलो पटक नगरपालिकामा यो प्रविधि शुरु गर्न लागेको हो । नगरपालिकाले आर्थिक पाटो हेर्ने र आफूहरूले प्राविधिक सहयोग उपलब्ध गराउने नास्टका प्रविधि सङ्कायका प्रमुुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् । यहाँ पेट्रोल उतपादन शुरु भएपछि फोहर व्यवस्थापनका लागि अरु नगरपालिका पनि यसमा आकर्षित हुन सक्ने उनको भनाई छ ।

सो कार्यका लागि नगरपालिका आफैले उपकरण खरीद गर्नेभन्दा पनि ठेक्का सम्झौतामार्फत अरुलाई दिन नास्टले सल्लाह दिइरहेको छ । प्रमुुख ढकालले स्थानीय सरकार आफैँले व्यवसाय गर्दा असफल भएको देखिएकाले आफूहरुले ठेक्का सम्झौतामा जान भनेको पनि जानकारी दिए ।

देशभरमा पुराना नगरपालिकाका लागि मात्रै नभएर नयाँ थप भएका नगरपालिकाका लागिसमेत फोहरको व्यवस्थापन समस्याको विषय बनेको छ । विभिन्न अध्ययनले फोहरमा पोलिथिनको मात्रा सबैभन्दा बढी र सबैभन्दा गाह्रो रहेको देखिएको छ । नगरपालिकाले फोहर व्यवस्थापनमा गर्ने खर्चभन्दा कम बजेटमा यो उपकरण खरीद गर्न सक्छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया