दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रवेश भिसा पाउने

काठमाडौं, मंसिर १९ । दक्षिणपुर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले अब १० बर्षे मल्टिपल बहुप्रवेश भिसा पाउने भएका छन् ।

 

कोरियाको न्याय मन्त्रालयका अनुसार बहुप्रवेश भिसा पाउने मुलुकहरुमा नेपाल, भारत, बंगलादेश, म्यानमार, कम्बोडिया, श्रीलंका, ईन्डोनेसिया, लाओस्, पाकिस्तान, फिलिपिन्स र भियतनामा रहेका छन् ।

डिसेम्बरबाट लागु हुने नयाँ भिसा नियमअनुसार कोरियाका लागि  डाक्टर, वकिल, प्राध्यापक, इन्जिनियरहरूलगायत उच्च तहतप्कामा कार्यरत नागरिकहरूले एकपटक प्राप्त गरेपछि १० बर्षसम्म आवातजावत गर्न पाइने छ । यससँगै बर्सेनि कोरिया घुम्न चाहने पर्यटकका लागि सहज भएको छ ।

यसअघि यी मुलुकहरुले कोरियाका लागि प्रत्येकपटक भिसाका लागि आवेदन दिनुपथ्र्यो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया