बाबुरामको कमल थापालाई भष्मासुर नहुन सुझाव

काठमाडौ / पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्विटर मार्फत कमल थापालाई अप्रत्यक्ष रुपमा भष्मासुर जस्तो नहुन सुझाव दिएका छन् ।

नागरिक न्युजको राप्रपाले हिन्दु राष्ट्रका लागि देशव्यापी आन्दोलन थाल्ने भन्ने हेडलाईनलाई रिट्विट गर्दै उनले भनेका छन् :-

“जनताको धार्मिक भावना भट्काएर सत्तास्वार्थको रोटीसेक्ने कुचेष्टा कसैले नगरून्!म यतिवेला किराँत,हिन्दू र वौद्ध तीनवटै धर्मको साझा तीर्थस्थल हलेसीमा छु!नेपालको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको उच्च नमूना हो यो।धर्मको संवेदनशील विषयमा राजनीति गर्नेहरूको नियति भष्मासुरजस्तो नहोस्” ।

यसैगरी बाबुरामको उक्त भनाइलाई कमल थापाले पनि ट्विटर मार्फत जनभावना विपरित विदेशीको दवाव र प्रभावमा धर्मनिरपेक्षता लादनेहरूले धार्मिक द्वन्द्वको बिजारोपण गरेेेर  धर्म नष्टगर्ने षडयन्त्रकारीहरु आफै नष्ट हुन्छन् भनेर आरोप लगाएका छन् ।

उनले ट्विटरमा भनेका छन्  :- जनभावना विपरित विदेशीको दवाव र प्रभावमा धर्मनिरपेक्षता लादनेहरूले धार्मिक द्वन्द्वको बिजारोपण गरेका हुन्।हामी त्यो गल्ती सच्याउने अभियानमा छौं।हिन्दु,बौद्ध र किराँत धर्मको साझा आस्था ‘हलेसी’ संस्कृतिको संरक्षण हाम्रो लक्ष्य हो।सनातन धर्म नष्टगर्ने षडयन्त्रकारीहरु आफै नष्ट हुन्छन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया