प्रदेश सरकारले बजेट खर्च गर्न सकेन भन्नु व्यर्थ हो – मन्त्री इन्द्र आङ्बो

दमक /  प्रदेश नम्बर एकका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले प्रदेश सरकारले बजेट खर्च गर्न सकेन र काम अघि बढाउन सकेन भनेर बिरोध गर्नु ब्यर्थ भएको बताउनु भएको छ । यो संक्रमणकालिन अवस्था रहेकाले संरचना निर्माणहरुको काम धमाधम भएकाले बजेट खर्च हुन नसकेको जनाउदै अब पुंजीगत खर्च गर्ने वातवरण बन्दै गएको भन्दै यस्तो बताउनु भएको हो ।

आङ्बोले खर्च गर्नका लागि प्रादेशिका संरचनाहरु बनाउनु पर्ने भएकाले ति बनाउन तर्फ ध्यान गएको र अधिकाँश जिल्लातहसम्म यस प्रकारका संचनाहरु बनाइएको समेत उहाँले जनाउनु भयो । अहिले काम भएन भन्नुको कुनै औचित्य छैन, अब कामको रफ्तार बढेर जान्छ र पुजिगत खर्च समेत बढ्ने छ ।

खर्च गर्नका लागि आवश्यक नीतिनियम र कार्यबिधि बनाउनु पर्ने भएकाले त्यो बनाउने काम सकिएको समेत उहाँको भनाइ थियो । आर्थिक कार्यविधि, खर्च नियमावली र खर्च कार्यविधि बनाइसकेका छौ, यसमा नै टेकेर त्यसको संरचना समेत खडा गरिसकिएकाले पुस महिनाबाट बजेट खर्च हुन शुरु गर्छ, उहाँले भन्नुभयो ।

पहिलो चौमासिकको अवधिमा खर्च र अनुगमनका लागि आवश्यक इकाइ बनाउन समय लागेको मन्त्री आङ्बोले बताउनु भयो । प्रदेश लेखा नियण्त्रण कार्यालय, जिल्ला तहमा बजेट कार्यन्वय इकाइ बनिसकेको जानकारी उहाँले दिनु भयो । हामी जनतालाइ निराश बन्न दिदैनौ र अब कामलाइ तिब्र रुपमा अघि बढाउछौ । चालु आर्थिक बर्षका लागि प्रदेश सरकारले ३५ अर्ब ९३ करोड ६० लाखको बजेटको सार्वजनिक गरेकोमा १८ अर्ब ५० करोड ९२ लाख पुँजीगत बजेट रहेको छ ।

पर्यटनको क्षेत्रमा काम गर्न पर्यटन पुर्वाधार कार्यान्वय आयोजना, सामाजिक क्षेत्रमा काम गर्न सामािजक बिकास कार्यन्वय आयोजनाको स्थापना गर्ने तथा युवा उद्यमशिल कार्यक्रम सञ्चालनका लागि यस सम्बन्धिको ब्यवस्था आउदो मन्त्रीपरिषद बैठकबाट हुने समेत आङ्बोले बताउनु भयो । यो महिनाभित्रमा बजेट कार्यन्वयन गर्ने आवश्यक सबै प्रकारका इकाइ तथा कार्यालयहरु स्थापना गरिसक्ने सरकारको लक्ष्य रहेको छ, उहाँले भन्नुभयो ।

प्रदेश सरकार मातहत आएका बिकास निर्माणका काम तथा योजनाहरुको बिषयमा समेत चाँडै निष्कर्षमा पुगिने उहाँले बताउनु भयो । स्पष्ट रुपमा के गर्ने भनेर नआएका कारण समस्या भएको उहाँले बताउनु भयो । केन्द्र सरकारले निर्माणको ठेक्का लगाएको र अहिले रकम त्यो बमोजिम नपठाउदा समस्या भएकाले त्यस्ता कामहरु अघि बढ्न नसकेको उहाँले जनाउनु भयो ।

लिखित रुपमा र स्पष्ट भएर केहि पनि नआएकाले हामीले अहिले केहि पनि गर्न सक्ने अवस्था छैन, उहाँले भन्नुभयो । यस बिषयमा चाँडै अन्तरसरकारी बीत्त परिषद्को बैठकमा छलफल हुनेछ, आङ्बोले भन्नुभयो । केन्द्रिय अर्थमन्त्री सहित सबै प्रदेशका अर्थमन्त्रीहरु रहने गरी रहेको परिषदको बैठकले यो बिषय टुंगो लाग्ने उहाँको भनाइ रहेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया