सरकारकै संरक्षणमा भ्रष्ट्राचार – डा. प्रकाशचन्द्र लोहनी,

काठमाडौँ/  एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) प्रदेश नं ३ को  कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले वर्तमान सरकारकै संरक्षणमा भ्रष्ट्राचार अभुतपुर्व रुपमा वढेको आरोप लगाएका छन् ।

उनले जहाज खरिदमा एक डलरको कम्पनीलाई  विचौलियाको रुपमा खडा गरि अर्बौको भ्रष्टाचार देखिएको, कर फर्छौट काण्ड तथा सुनकाण्डको फाइलमा सरकार मौन बस्नुले नै सरकारकै संरक्षणमा भ्रष्ट्राचार भएको प्रमाणित भएको र जसका कारण यो सरकारबाट जनतामा आशा भन्दा पनि निराशा र आक्रोश बढेको बताएका छन् । ,

उनले भने  “वर्तमान सरकारको काम नै निर्देशन दिनेमै मात्र सिमित छ । प्रम निर्देशन दिन्छन तर कसैले गम्भिरताका साथ लिदैनन् राष्ट्रको प्रशासन निस्काम बसेको छ ।”

अर्को प्रसंगमा लोहनीले विवादित युनिफिकेसन चर्चको लागि सरकारले सारा राज्यको शक्ति दुरूपयोग गरि सार्वभौम राष्ट्रको प्रमले मर्यादा समेत बिर्सेर एउटा होटलमा  तीन दिनसम्म जिससको छोरी भन्ने विवादित महिलावाट आसिर्वाद थाप्न लाम बसेर संविधानको ठाडो उल्लघंन गरेको बताए । उनले प्रश्न गरे पशुपतिको मन्दिर नजाने नेताहरु विवादित महिलावाट आसिर्वाद थाप्नेले नेपाली जनतासंग माफी माग्ने कि नमाग्ने ?

बजेट आएको चार महिनामा १० प्रतिसत खर्च गर्न सकेको छैन, बिदेसी मुद्राको संचिति पनि घट्दो हुँदा अर्थतन्त्र अराजक र आर्थिक रुपमा देश जर्रजर छ भएको यो परिस्थितिमा देशको प्रतिपक्ष कमजोर र आवाज सुकेको व्यक्ति जस्तो निरिह भएको परिवेसमा अव वैकल्पिक राष्ट्रवादी र प्रजातन्त्रवादी शक्ति आजको आवश्यकता औलाएका छन् ।

उनले यस्तो चुनौतिपूर्ण परिस्थितिमा नेपालीको भावनात्मक एकता राजसंस्थाले मात्र गर्ने भएकोले, धार्मिक स्वतन्त्रता सहित नेपालको पहिचान वैदिक सनातन हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था कायम हुनुपर्छ भन्नेमा प्रस्ट पार्दै समान विचार भएका अन्य दलहरुसंग आपसि सम्मानको आधारमा एकता हुनुपर्ने बताए ।

 

प्रदेश नं ३ को १३ वटै जिल्लाबाट प्रतिनिधित्वसहित र्‍यालीमार्फत वानेश्वरमा महामन्त्री एवं प्रदेश प्रमुख श्याम तिमिल्सिनाको सभापतित्वमा  सभामा परिणत भएको उक्त भेलामा पार्टीका वरिष्ट उपाध्यक्ष गणेश शेरचन, उपाध्यक्ष तारानाथ लुइटेल, उपाध्यक्ष श्रीषिवावु परियार, उपाध्यक्ष सुषमा आचार्य, धर्मसंस्कृत विभाग प्रमुख प्रेम मगर, काठमाडौँ  जिल्ला अध्यक्ष केदार फुयाल, केस एवं युवाशक्तिका अध्यक्ष राजु लोहनी, वलवहादुर परियार लगाएतले सम्बोधन गरेको सहायक प्रवक्ता जनकराज पाठकले बताएका छन् ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया