सरकार गठन भएको १० महिनापछि पहिलो पटक अन्तरप्रदेश परिषद्को बैठक बस्दै

काठमाडौं / आज सरकार गठन भएको १० महिनापछि पहिलो पटक संघ र प्रदेश सरकारबीच समन्वय गर्न गठित अन्तरप्रदेश परिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेपछि बैठक बोलाइएको छ ।

अन्तरप्रदेश परिषद् संविधानको धारा २३४ अनुसार संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधानका लागि गठन गरिएको हो । प्रधानमन्त्री अध्यक्ष रहने परिषद्मा गृहमन्त्री, अर्थमन्त्री र सातवटै प्रदेशका मुख्यमन्त्री सदस्य छन् । परिषद्को बैठक यसअघि भदौ २४ गतेका लागि बोलाइएता पनि तयारी पूरा नभएको भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रदेशमा ऐन कानुन बनाउनुदेखि कर्मचारी तथा अधिकार बाँडफाँटको विषयलाई लिएर प्रदेश सरकारले संघीय सरकारसमक्ष गुनासो गर्दै आइरहेका छन् । परिषद्को बैठकमा सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्ममन्त्रीको कार्यालयका सचिव समेत उपस्थिति रहने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया