कब्जियत भएमा यसो गर्नुस्

काठमाडौं / खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या लगाएत कब्जियत समेत हुन्छ सक्छ । कब्जियत भयो भने धेरै कठिनाई र समस्या हुन्छ ।

कब्जियत निको पार्ने बहानामा जथाभावी चूर्णको प्रयोग चलन छ तर यस्तो चूर्णको प्रयोग गर्नु हुँदैन । त्यस्ता चिजले एकपटक त आराम दिएता पटक–पटक यसको प्रयोग गर्दा आन्द्रा कमजोर हुने सम्भावना हुन्छ ।

एलोप्याथिक औषधिको अत्याधिक प्रयोगले पनि कब्जियतको समस्या निम्त्याउँछ । एन्टासिड, क्याल्सियम, स्लिपिङ ट्याब्लेड, ब्लडप्रेसर र मानसिक रोगका औषधिले कब्जियत हुने सम्भावना अत्याधिक हुन्छ ।

कब्जियतबाट बच्न सन्तुलित भोजनमा विशेष ध्यान पु-याउनुपर्छ । फलफूलमा मेवा, केरा, स्याउ, आँप, खरबुजालगायत सेवन गर्दा राम्रो हुन्छ । त्यस्तै, किसमिस, बदाम आदिको प्रयोगले पनि कब्जियतमा राहत मिल्छ ।

अलि बढी भात खाने हाम्रो प्रचलन हुन्छ । तर, कब्जियतबाट जोगिन भातभन्दा बढी तरकारीको प्रयोग गर्नुपर्छ । गाँजर, मुला, गोलभेँडा, पालुंगो, बन्दाकोबी, प्याज, कागती आदिलाई सलादका रूपमा प्रयोग गर्दा निकै राम्रो हुन्छ । कब्जियत भएमा दही, मही, पानी प्रशस्त पिउने गर्नुपर्छ ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया