बाढीको बितण्डा-मृत्यु हुनेको सङ्ख्या सय नाघ्यो!


साउन ३१ ,काठमाण्डौ-
देशको विभिन्न क्षेत्र र तराई मधेस क्षेत्रमा हालै आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या सय पुगेको छ।
गृह मन्त्रालय प्रवक्ता रामकृष्ण सुवेदीले जनाए अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ भने बाढी पहिरोमा ३८ जना अझै बेपत्ता भएका छन् ।

मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म २ हजार ८४७ घर पूर्ण रुपमा क्षति भएको छ भने ३ हजार ७२७ पूर्वाधार संरचनामा क्षति भएको उल्लेछ छ । बाढी पहिरो पीडितको राहत तथा उद्धार  सुरक्षाकर्मी सहित झण्डै २७ हजार जनशक्ति खटिएका छन् ।

बाढी पहिरो प्रभावित क्षेत्रमा सोमबार देखिनै राहात वितरण थालिएको पनि मन्त्रालयले जनाएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया