राप्रपा (प्रजातान्त्रिक)ले पृथ्बी नारायण शाहको जन्म–जयन्तीलाई  राष्ट्रिय एकता दिवसको रुपमा मनाउने

राप्रपा (प्रजातान्त्रिक)ले पृथ्बी नारायण शाहको जन्म–जयन्तीलाई  राष्ट्रिय एकता दिवसको रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी नेपालभरी भव्य रुपमा मनाउने भएको छ ।

राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष श्री पशुपति शम्शेर जबराको अध्यक्षतामा यहि पौष १२ गते सम्पन्न भएको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै गत महिना सरकारको संलग्नता र सहभागितामा काठमाडौंमा भएको एशिया प्यासिफिक समिट (क्रिश्चियन धर्म सम्मेलन) प्रति पूर्ण असहमत रहदै  सदियौंदेखि धार्मिक र साँस्कृतिक सहिष्णुतालाई राष्ट्रिय चरित्र तथा संस्कृतिको रुपमा अवलम्बन गर्दै रहेको तथा सनातन हिन्दु राष्ट्र रही आएको र हिन्दुत्वको छहारीमा विविध धर्म संस्कृतिले समान तथा सम्मानजनक संरक्षण एवं स्थान पाई आएको नेपाललाई जवर्जस्ती धार्मिक र साँस्कृतिक द्वन्द्वको चक्रव्यूहमा फसाउने वाह्य शक्तिहरुको दिर्घकालिन रणनीति कार्यान्वयनमा वर्तमान सरकार संलग्न रहेको आरोप लगाउदै उक्त कार्यको घोर चिन्ता र निन्दा विषय भएको बैठकले ठहर गरेको छ ।

यसै गरि पौष १५ गते विहान पुनः बस्ने गरि अन्त्य भएको उक्त बैठकले पार्टीका वरिष्ठ उपाध्यक्ष श्री दीपक बोहरा, उपाध्यक्ष श्री विक्रम पाण्डे, तथा महामन्त्री श्री सुनिल बहादुर थापाबारे विभिन्न संचारमाध्यममा अत्यन्त कपोलकल्पित र भ्रामक समाचार संप्रेषण भएको भन्दै सो भ्रामक समाचारको खण्डन गरेको छ ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया