दुई राप्रपा बीचको मात्र एकता अपुर्ण भएकोले तीन वटै राप्रपाहरु बीचको एकतामा जोडदार पहल गर्न दीपक बोहराद्वारा आव्हान

काठमाडौं / राप्रपा (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्ष दीपक बोहोराले एक विज्ञप्ति जारि गर्दै राप्रपा (प्रजातान्त्रिक), राप्रपा र एकीकृत राप्रपा (राष्ट्रवादी) बीच एकता गरी बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने पहल भइरहेको अवस्थामा दुई पार्टीले मात्रै गरेको एकताले तमाम पार्टी कार्यकर्ताको भविष्यमाथि खेलवाड भएको र दुई पार्टीबीच एकताको खबरले आफूलाई अचम्मित तुल्याएको बताउदै तमाम पार्टी कार्यकर्ताको भविष्यमाथि खेलवाड गरी गरिएको एकतामा आफू पूर्ण रूपमा असहमत रहेको समेत उल्लेख गरेका छन् ।

विहिवार पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी)बीच माघ १८ गते पार्टी एकताको घोषणा गर्ने एकताको समझदारी पत्रमा हस्ताक्षर भएपछि उक्त दुई राप्रपा बीचको मात्र एकता अपुर्ण भएको भनि असन्तुष्ट जनाउँदै बोहोराले यसअघि पनि एकतामा आफू नजाने घोषणा गरेका थिए ।

 

तीन वटै राप्रपाहरु बीचमा एकता हुनुपर्छ भन्ने मान्यतामा जोडदार पहल गर्दै आएका बोहराले राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रवादी) बीचको एकताले मात्रै मुलुकमा वैकल्पिक प्रजातान्त्रिक शक्ति निर्माण हुन नसक्ने भन्दै सम्पुर्ण पार्टी नेता तथा कार्यकर्ताहरूलाई आ-आफ्नो तह र क्षेत्रबाट तीन वटै राप्रपाहरु बीचको एकतामा जोडदार पहल गर्न आह्वान गरेका छन् ।

बोहराद्वारा जारी विज्ञप्तिमा भएिको छ, ‘दुई पार्टीबीच भएको यो एकता हर्ष न विष्मात् हो । तीनै राप्रपा पार्टी बीचको एकताले मात्र एक बृहत राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण हुँदै एउटा बलियो राष्ट्रवादी पार्टीको रुपमा स्थापित हुन्छ भन्ने मेरो ठम्याई रहेको छ । साथै पार्टीका आम कार्यकर्ताको भावना विपरितको एकतामा मेरो पूर्ण असहमति रहेको छ ।’

यसैबीच राप्रपा प्रजातान्त्रिकका प्रवक्ता प्रदिप उदयले उक्त एकतामा राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रवादी) का अधिकांश केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य लगायत जिल्लाका कार्यकर्ताहरू समेत असन्तुष्ट भएकाले उक्त असन्तुष्ट समूहले छिट्टै राष्ट्रिय भेला बोलाउने र पार्टीको आगामी रणनीतिका बारेमा निर्णय लिने बताए ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया