डा. गोबिन्द केसीको आमरण अनशन स्थगित

काठमाडौं /  २४ औं दिनदेखि जारी आमरण अनशन डा. गोबिन्द केसीले शुक्रबार स्थगित गरेका छन । शुक्रबार बेलुका ७ बजे पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर डा.केसीले अनशन स्थगित गरेका हुन् । उनले अनशन तोडे पनि सत्याग्रह भने जारी रहने जानकारी दिए ।

 

यसअघि डा. केसीलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नागरिक समाजका अगुवा र शुभेच्छुकहरुले सरकारले संघीय संसद्बाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेकोले अनशन स्थगित गर्न अपील गरेका थिए । नागरिक समाजका अगुवाहरु पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, केदारभक्त माथेमा, दमननाथ ढुंगाना लगायतले शुक्रबार अनशनस्थल शिक्षण अस्पताल पुगेर सत्याग्रहको अन्य उपाय अपनाउन डा. केसीलाई सुझाव दिएका थिए ।

डा.केसीको अपिल-

सम्पूर्ण आम नागरिकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

तर चिकित्सा शिक्षा विधेयकमै सम्बन्धनका प्रावधान लगायतमा सुधारको जति काम सरकारको बदनियतका कारण अधुरो रहन गएको छ, त्यो पूरा गर्न तथा सुधार र सुशासनका बाँकी कार्यभार पूरा गर्न म निरन्तर फरक रुपमा लडिरहने प्रतिबद्धता व्यक्त गर्दछु । अझै पनि हामीसँग यस अगाडि भएको सम्झौताअनुसार ऐन सच्याउन सरकारलाई समय दिंदै सो ऐन नसच्याइएमा तथा अहिलेसम्मका उपलब्धि उल्टाउन खोजिएमा निरन्तर संघर्ष जारी राख्ने प्रण गर्दछु ।

डा गोविन्द केसी

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

२०७५ माघ १८

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया