क्रिकेटमा नेपाललाई अर्को सफलता, टि -२० सिरिज जित्दै इतिहास कायम

काठमाडौं /  टी–२० क्रिकेट सिरिजमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) लाई २–१ ले जित्दै  इतिहास कायम गरेको छ । युएई विरुद्धको आइतबार अन्तिम खेलमा नेपालले १४ रनको जित निकाल्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा वर्षाका कारण १० ओभरमा झारिएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धा्रित १० ओभरमा आठ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । टस हारेर ब्याटिङ गर्दै नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाएका थिए । बलिङतर्फ युएईका मोहमद नाभिद र सुल्तान अहमदले दुई/दुई तथा अमीर हयात, जोहर खान र मोहमद बोताले एक/एक विकेट लिए ।

नेपालले दिएको एकसय पाँच रनको लक्ष्य पछ्याउने क्रममा युएइले १० ओभरमा आठ विकेट गुमाई ९० रन मात्र बनाउन सक्यो । युएइलाई ९० रनमै समेट्ने क्रममा नेपालका ललितनारायण राजवंशी, अभिनाश बोहोरा र करण केसीले दुई / दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक / एक विकेट लिएका थिए । ब्याटिङर्त युएईका लागि गुलाम शब्बीरले २५, साइमन अनवरले ३० र मोहमद बोताले १० रन बनाएका थिए ।

यसैगरी खेलको प्लेयर अफ द म्याच करन केसी तथा प्लेयर अफ द सिरिज नेपालकै अविनाश बोहरा भए । यसअघि नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज २–१ ले जित्दै इतिहास बनाएको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया