राप्रपा(प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) को बिचमा भएको एकता अवैधानिक

 

काठमाडौं / तिनवटै राप्रपाको बृहत पार्टी एकता अभियानकर्ता तथा पशुपति शमशेर जबरा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एराप्रपा (राष्ट्रवादी) को बिचमा मात्रै भएको एकताप्रति असन्तुष्ट नेताहरुले उक्त पार्टी एकताको बैधानिकता माथि  चुनौती दिएका छन् ।

मंगलबार काठमाडौमा बसेको तिनवटै राप्रपाको बृहत पार्टी एकता अभियानकर्ता पक्षको बैठकले आमनेता तथा कार्यकर्ताले तीन राप्रपाको एकता माग गरिरहेका वेला पार्टी भित्र कुनै छलफल र निर्णयविनै गरिएको एकतालाई अवैधानिक ठहर गर्दै निर्वाचन आयोगमा जाने रणनीति तय गरेका छन् ।

 

उक्त बैठकले तीन वटै राप्रपाको एकता हुनुपर्नेमा राप्रपा(प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) नेतृत्वको मात्र एकता भएको र पार्टीको कुनै पनि तहमा छलफल तथा निर्णय नभएकोले छिट्टै राष्ट्रिय भेला बोलाई उक्त कुराको आम कार्यकर्ताहरुलाई प्रष्ट पारी तीन वटै राप्रपाको एकताको अभियान संचालन गरेर राप्रपालगायत अन्य राष्ट्रवादी शक्तिहरुबीचको एकताका लागि पहल गर्ने, बृहत पार्टी एकताका पक्षमा निर्णय गर्न रणनीति तय गर्ने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता प्रदिप उदयले जानकारी दिएका छन् ।

 

सो बैठकमा राप्रपा (प्रजातान्त्रिक)का वरिष्ठ उपाध्यक्षद्वय दिपक बोहोरा, केशरबहादुर विष्ट, उपाध्यक्ष विष्णु भट्टराई, महामन्त्रीद्वय रामु राई र मिरा राणा, पूर्व सभासद् एवं केन्द्रीय सदस्य सरोजा शर्मा, प्रशिक्षण विभाग प्रमुख सुरेन्द्र केसी, कोषाध्यक्ष निलकण्ठ काफ्ले, प्रवक्ता प्रदिप उदय, सहायक महामन्त्री विन्दु पहाडी, विराज विष्ट, राष्ट्रिय प्रजातानन्त्रिक युवक संगठनका सभापति दिपक राई महासचिव युवराज घिमिरे तथा पदाधिकारी एवं केन्द्रीय सदस्यहरु , राष्ट्रिय प्रजातानन्त्रिक विद्यार्थी संगठनका पदाधिकारी एवं केन्द्रीय सदस्यहरु , राष्ट्रिय प्रजातानन्त्रिक महिला संगठनका महासचिव कुमारी तामाङ सचिव मेनुका खाँड तथा पदाधिकारी एवं केन्द्रीय सदस्यहरु लगायत काठमाडौंमा उपलब्ध रहेका राप्रपा (प्रजातान्त्रिक)का ६५ जना केन्द्रिय सदस्यहरु उपस्थित थिए । त्यस्तै तत्कालीन एराप्रपा (राष्ट्रवादी)का उपाध्यक्ष प्रा.डा. सुष्मा आचार्य, महामन्त्रीद्वय केशवलाल श्रेष्ठ र तिर्थ श्रेष्ठ सहितको समूह उपस्थित थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया