जन्मदिनमा बाल आश्रमलाई सहयोग

काठमाडौँ / तपाई आफ्नो या आफ्नो परिवारको जन्म दिन कसरी मनाउनु हुन्छ ? अधिकाँशले नयाँ चलन अनुसार केक काट्ने र आफन्त साथीभाईहरुलाई पार्टी दिएर मनाउने गर्छन्  तर कागेश्वारी मनहरा स्थित  द्वारिका ग्रुपका संचालक सतिस ढकालले  आफ्नो छोरा एरोन ढकालको जन्म दिन फरक ढंगले मनाएक छन्  ।

 

सतिस ढकालले छोराको जन्मदिनमा कागेश्वारी मनहरामा अवस्थीत सृजनशील बाल आश्रमलाइ त्यहाँका  बालबालिकाहरुलाई विभिन्न खाद्यान्न लगाएतका दैनिक आवश्यक उपभोग्य सामाग्रीहरु सहयोग गरेका छन्  ।

 

हेर्दा  यो सहयोग सानो भएता पनि असहाय बालबालिकाहरुको संरक्षण तथा लालनपालन गर्दै आएको सृजनशील बाल आश्रमलाइ एउटा हौसल्ला मिलेको छ ।  यसैगरी आफ्नो तथा आफ्नो परिवारको जन्मदिनमा सृजनशील जस्ता बाल आश्रमलाई सहयोग गर्ने हो भने अनाथालयमा रहेका बालबालिकाहरुको लागि आफ्नोपनको महसुस हुनुको साथै समाजमा सकारात्मक सन्देश प्रवाह हुने जानकारी  द्वारिका ग्रुपका अर्का संचालक  जहरमान लिम्बुले दिएका छन्  ।

 

यसैगरी द्वारिका ग्रुपकै अर्का संचालक प्रजन कर्मचार्यले आफ्ना सम्पूर्ण सुखद कार्यक्रमहरु यस्तै गरि अनाथालय या बृदाश्रम जस्ता आश्रममा मनाएर अनाथ बालबालिकाहरु तथा जेष्ठ नागरिकहरु संग खुसि साटासाट गर्न आग्रह गरे ।

 

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया