केसीलाई सरकारले दियो तीन विकल्प-के गर्लान केसीले ?

सरकारले 23 दिन देखि आमरण अनसन बसेका डा गोविन्द केसीको माग पुरा गर्न तिन विकल्प अघी सारेको छ।
 केसीलाई ती विकल्पहरूमा सहमत गराउन अहिले सरकारी पक्ष लागिरहेको छ तथापी निर्णय भने भैसकेको छैन।
के-के विकल्प छन?

पहिलो विकल्पः  डा. केसीको जीवन खतरामा छैन भने मनमोहनका सरोकार पक्षसँग छलफल गरेर सहमति जुटाउने र १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्न गरी टुंग्याउने!

दोस्रो विकल्पः बालुवाटारमा भएको सहमति अनुसार अघि बढ्ने ।
तेस्रो विकल्पः तराई मधेसमा भएको बाढी तथा डुवानले संकटलाई मध्यनजर गर्दै डा. केसीले सहमतिसहित अनसन तोड्ने । यो विकल्पमा जाने हो भने चिकित्सा शिक्षा विधेयकसँग सम्वन्धित बाहेक डा. केसीका अन्य माग सरकारले पूरा गर्नेछ । साथै चिकित्सा शिक्षा विधेयकसँग जोडिएको मनमोहन मेडिकल कलेज किन्नेबारे गृहकार्य गर्न सरकारले समिति बनाउने छ ।
नेताहरूखा  अनुसार अहिले तेस्रो विकल्पमा सहमति जुटाउने प्रयास चलिरहेको छ ।तर केसीले आफ्नो पुरानै अडान लिईरहेको स्रोतले बताएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया