कोशी बाँध भत्काएर भारतसँग क्षतिपुर्ती असुल्न माग!

 

नेमकिपा सांसद अनुराधा थापा मगरले भारतले सिमामा लगाएका एकतर्फी बाँधहरू भत्काउनु पर्ने बताएकी छिन।आज व्यवस्थापिका संसदमा बोल्दै थापाले भारतकै कारण नेपालीले अहीले डुबानको समस्या झेल्नुपरेको भन्दै कुनै हालतमा एकतर्फी बाँध भत्काउनुपर्ने बताएकी हुन।
साथै थापाले बाँध भत्काएर नेपालीले खेप्नुपरेको घाटा र पिडाको क्षतिपुर्ती पनी भारतबाट भराउनुपर्ने प्रस्ताब गरेकी हुन।

उनले संसदमाक सम्बोधन गर्दै भनिन्– ‘लक्ष्मपुर बाँधका कारण बाँकेको राप्तीसुनारी गाउँपालिकाका फत्तेपुर, नरेना, गंगापुर, मटेरिया, टिकुलीपुर लगायतका ठाउँहरु डुबानमा परेका छन् । रसियावाल फुदौतवन बाँधका कारण कलिवस्तु तथा कोशी बाँधका कारण सुनसरी र सप्तरी जिल्ला जलमग्न भई जनधनको क्षति भएको छ । झापादेखि कञ्चनपुरसम्मको जनधनको क्षति र डुबानको कारण भारतीय विस्तारवाद र एकाधिकार पुँजीवादी व्यवस्थाले नेपालको भुमि अतिक्रमण गरी बनाएको बाँध र तटबन्ध नै हो । कोशी गण्डक र महाकाली बाँधमा भारतले ढोका नखोलेको कारण नेपाली भुमि डुबान र जनधन क्षति भएको हो । हिउँदमा एक थोपा पानी नदिने भारतले वर्षामा नेपालको हजारौं हेक्टर जमिन डुबानमा पार्दै आएको छ । के यो नेपाल भारत मैत्रीको उपहार हो ? भारतीय एकाधिकार पुँजीले नेपाललाई क्षति पुग्नेगरी बनाएका बाँध र तटबन्ध तत्काल अनुगमन गरी भत्काउन सरकारले आवश्यक पहल गर्नुपर्छ ।’

साथै उनले सरकारले पुर्वतयारी नगर्दा सँधै प्राचृतिक प्रकोपको चपेटामा नेपाली परेको भन्दै तत्काल त्यसतर्फ ध्यान दिन पनि सरकारलाई आग्रह गरेकी छिन।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया