विप्लवको पार्टी फुट्यो-नवगठित पार्टी भुमिगत हुने!

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी फुटेको छ।विप्लव नेतृत्वको नेकपा बाट फुटेर भोजराज त्रिपाठीले फ्रिडम कम्युनिष्ट लिग नेपाल नामक पार्टी गठन गरेका हुन।त्रिपाठी आफै उक्त पार्टीको महासचिव महासचिव रहेका छन।

विप्लपको कार्यशैली प्रति असन्तुष्ट हुँदै लिगका नेताले
विप्लवमा बैचारिक विचलन आएको, जनवादी क्रान्तिको सैद्धान्तिक हिसावले विवादित कुरा बोल्दै हिडेको, माक्र्स र कम्युनिष्ट विपरित कुरा उठाएको, चुनाव खारेजी अभियान चलाएपनि रोल्पाको थवाङमा चुनावमा उठाउने काम गरी कार्यकर्तालाई ढाँटेको तथा वैद्य भन्दा पनि अकमन्यतामा फस्दै गएको लगाएत आरोप लगाएका छन् ।

साथै फ्रिडम लिगलाई विप्लबको पार्टीको विकल्प बनाउने उद्घोष गर्दै लिगका नेताले भदौ अन्तिम साता पोखरामा सम्मेलन गरी पार्टीको कार्यदिशा तयार गर्ने बताएका छन।

नेकपाका जिल्ला तहका नेताहरूले हिजो लमजुङमा पत्रकार सममेलन गरी नया पार्टीको घोषणा गरेका हुन।साथै पार्टी पुर्णरूपमा भुमिगत भएर काम गर्ने बताइएको छ।

 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया