पार्टी फुटको तनाबमा थापा पुगे गृहनगर- के गर्दैछन हेटौडामा ?

 

वरिष्ट नेता पशुपति शम्सेर राणाले पार्टी फुटाए पछि राप्रपा अध्यक्ष थापा पिडा बिसाउन गृहनगर हेटौडा तिर लागेका छन् । थापाले काठमाण्डौको  तनाव कम गर्न शान्त हेटौडा तर्फ लागेको राप्रपा वृत्तमा चर्चा चल्ने गरेको छ ।भईराखेको छवि  र खाइराखेको पद सम्मान राणाले हल्लाईदिए पछि  थापा अहिले अत्यन्तै तनावमा छन् ।राप्रपाका एक केन्द्रीय सदस्यले भने, अहिले थापालाई राणाले पार्टी फुटाउने कुरामा भन्दामा पनि आफ्ना सारथीले साथ छोडेकोमा र राणाले एकाउन्न प्रतिशत पुर्याउनेमा चिन्ता छ”।
त्यसैले थापाले काठमाण्डौबाट केन्द्रीय सदस्यहरू राणा खेमामा जाने देखेपछि जबरजस्ती हेटौडा तिर लिएर हिँडेको स्रोतको दाबी छ । नत्र अहिले देशमा यस्तो बाढी पहिरोको वितण्डा मच्चिदा हेटौडामा केन्द्रीय समितीको बैठक बस्न किन आवस्यक थियो र ? राप्रपाका एक नेताले प्रश्न गरे ।
निर्वाचन आयोगले राणालाई प्रशस्त समय दिएपछि थापा झनै अत्तालिएका थिए । त्यसैको आवेगमा थापाले केन्द्रीय सदस्यहरूलाई हेटौडा तिर हुइँक्याएका  छन् ।
थापाले यसअघि पनि काठमाण्डौमा ३ दिन केन्द्रीय समितिको बैठक गरिसकेका थिए । पहिले पहिले एकल निर्णयमा चल्ने अध्यक्ष आजकाल हप्तामै २ पटक बैठक डाक्न थाल्नु भएको छ, अब राप्रपामा साँचै प्रजातन्त्र आउने छाँट काँट देखियो एक नेताले व्यङ्ग्य गरे ।
साथै थापाले एक हप्ताको अन्तरमा आज देखी पुनः केन्द्रीय कार्य समितिको बैठक बोलाएका छन् । हेटौडाको एभोकाडो होटलमा बैठक बस्ने छ । बैठकमा पछिल्लो राजनीतिक छलफल ,संविधान संसोधन र पार्टीको साङ्गठानिक छलफल भने पनि बैठको मुख्य उद्देस्य केन्द्रीय सदस्यहरूलाई भुलाउनु रहेको स्रोतको  दाबी छ । 

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया