कमल थापाको न्याउरी रूप-विद्रोही फर्के कारवाही फिर्ता!

कमल थापाको न्याउरी रूप-विद्रोही फर्के कारवाही फिर्ता!

आवेगमा आएर एकलौटी कारबाहीको घोषणा गरेका राप्रपा अध्यक्ष थापाले कारबाहीको चौतर्फी आलोचना भएपछि  एकाएक आफुलाई नरम बनाएर कारबाहीको स्टान्डबाट पछि हटेका छन् । हेटौडामा आज बाट सुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा थापाले विद्रोही केन्द्रीय सदस्यहरूलाई पार्टीमा फिर्ता भए पहिलेकै पद , स्थान र सम्मान कायम गरिदिने निर्णय गराएका छन् ।
पार्टी एकताको लागी मार्ग प्रशस्त गर्नुको सट्टा थापाले वार्ताको ढोका नै बन्द हुने गरी आवेगमा आएर भटाभट कारबाही गरेका थिए । तर थापाको कार्यशैलीको चौतर्फी आलोचना भएपछि उनी अन्तिम  समयमा गल्ती स्वीकार्न बाध्य भएका छन् ।
साथै राप्रपाका एक नेताका अनुसार “थापा हेटौँडाको यात्रा पछि  गलेको साथै शुद्ध हावापानीले फ्रेस भएको टिप्पणी गरेका छन् । त्यसैले कारबाहीलाई आफ्नो गल्ती महसुस गरी फिर्ता लिने निर्णयमा पुगेका छन् ,
ति नेताले व्यङ्गात्मक टिप्पणी गर्दै भने
” यो निर्णय थापा आफु कमजोर भएपछि  देखाएको न्याउरी रूप मात्र हो । सुखमा हैकम देखाउने र दु:खमा न्याउरी बन्नुको कुनै तुक छैन सबैले बुझीसकेका छन् ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया