कर्मचारीले घुस मागे १०७ मा फोन गर्नुस!

 

चरम भ्रष्टचार रहेको हाम्रो देशमा त्यसको नियन्त्रक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्ट्रचार न्युनिकरणका लागी नयाँ उपाय अपनाउने भएको छ ।
अब सरकारी कर्मचारीले ढीलासुस्ती गरे वा घुस लिन खोजे तपाई तत्कालै अख्तियारमा उजुरी दिन सक्नुहुनेछ।त्यसका लागि तपाईले आफ्नो फोन अथवा मोवाइलबाट १०७ डायल गर्नुपर्नेछ । यसमा फोन गर्दा पैसा लाग्ने छैन ।
सरकारी कार्यालयको ढिलासुस्ती र कर्मचारीले घुष माग्ने गरेको उजुरी बढ्न थालेपछि सेवाग्राहीको सुविधाको लागी यो व्यवस्था गरिएको अख्तियारले जनाएको छ ।
साथै अब अख्तियारले यातायात, मालपोत, नापि लगाएतका कार्यालयमा अड्डा र होडिर्ङ बोड राख्ने पनि निर्णय गरेको छ ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया