बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा आतंककारी आक्रमण

बार्सिलोनाको एउटा पर्यटकीय क्षेत्रमा बिहीबार अपरान्ह बाटोमा हिंडीरहेका मानिसहरुमाथि एउटा भ्यान  जोताएर आतंककारी आक्रमण हुँदा  कैयौं हताहति भएका छन् भने  प्रहरीले एकजनाको मृत्यु भएको तथा ३२ जना अन्य घाइते भएको पुष्टि गरेका छन्।

स्थानीय समाचारहरुले एकजना सन्दिग्ध हमलाकारी एउटा बारभित्र रहेको र प्रहरीले घेराबन्दी गरिरहेको  जनाएका छन् ।

प्रत्यक्षदर्शीहरुले  बताए अनुसार सुरक्षाकालागि मानिसहरु नजीकैका क्याफे तथा पसलहरुभित्र पसेको र प्रहरीले मानिसहरुलाई लास राम्बलास क्षेत्रबाट टाढै रहन अनुरोध  गरेका छन्।

उक्त घटनाको विस्तृत विवरण आइसकेको छैन।

यसअघि युरोपका विभिन्न शहरहरुमा  उग्रवादीहरुले सडकमा मानिसहरुमाथि मोटर लगेर जोताएर आक्रमण गरेका  थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया