बाढी पीडितलाई दैनिक 70 रूपैयाँ रासन भत्ता दिने गृहमन्त्रीको घोषणा!

काठमाडौं, २ भदौ । गृहमन्त्रीले बाढीपहिरो र डुबान पीडितलाई दैनिक ७० रुपैयाँ रासन भत्ता उपलब्ध गराउने घोषणा गरेका छन।
सरकारका तर्फबाट गृहमन्त्री जनार्दन शर्माले शुक्रबार पत्रकार सम्मेलन गरी बाढी प्रभावितहरुलाई एक महिनासम्म प्रतिदिन ७० रुपैयाँ खाद्यान्न खर्च दिइने घोषणा गरेका हुन।
साथै बाढी पहिरो प्रभावित क्षेत्रका बस्तीहरूमा पसल नभए खाद्य संस्थानले सुपथ मुल्यमा पसल सञ्चालनमा ल्याउने  मन्त्री शर्माले बताए ।
मन्त्री शर्माको यो निर्णयले केही समय बाढी पीढितलाई सहजता हुने देखिएको छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया