स्वास्थ्य शिविर र राहत सामाग्री लिएर अनेरास्ववियु सिरहामा

पार्टीले दिएको जिम्मेवारी अनुरूप
अनेरास्ववियु केन्द्रीय कमिटी तराईका बाढी पीडितका लागि राहत सामाग्री र स्वास्थ्य शिविर लिएर सिराहा पुगेको छ ।
विगत केही दिनयता  तराईका विभिन्न जिल्लामा भएको डुवानका कारण १०० भन्दा बढीको मृत्यु भइसकेको छ भने धेरैको संख्यामा बेपत्ता छन् ।
हजारौ घर डुबेर पीडामा रहेका पीडित सामु अनेरास्ववियु टिम अध्यक्ष नविना लामाको नेतृत्वमा त्रिपाल, टर्चलाईट, दाल, चामल, नुन, चिउरा, चाउचाउ, विस्कुट लगायतका खाद्यान्न एवं अत्यावश्यक राहत सामाग्री सहित सिराहा पुगेका छन्। अनेरास्ववियुको टोलीले सिराहका कल्याणपुर, कर्जनहा, बस्वीट्टा, कमलाखोलाको कटान लगायतका क्षेत्रमा  करिब ९०० घर परिवारलाई राहत सामाग्रि वितरण गरेको छ ।
यसैगरी अनेरास्ववियुले अति प्रभावित दुई गाउँमा  निशुल्क स्वास्थ्य शिविर संचालन गरिरहेको छ ।अनेरास्ववियुले अहिले सम्म सिराहाको २ स्थानमा गरी करिब ४५० जनाको स्वास्थ्य परिक्षण गरिसकेको प्रवक्ता सुदिप शर्माले बताए । अनेरास्ववियुले उपत्यका र अन्य जिल्लामा विभिन्न क्याम्पसहरू बाट उक्त राहत सामाग्रि संकलित गरेको थियो ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया