चोक्टा खान जाँदा प्रचण्डले झोलमै टारीदिएपछी!देवेन्द्र पौडेल समुह हिस्स!

नयाँ शक्ति फुटाएर माओवादी सँग एकता गर्न ताम्सिएका देवेन्द्र पौडेल समुह प्रचण्डलाई भेटेपछी हिस्स परेको छ।आज बिहान प्रचण्डलाई भेट्न प्रचण्ड निवास लाजिम्पाट पुगेका पौडेल समुहका नेताहरू सामु प्रचण्डले बाबुराम प्रति दयालु रूप देछाएपछी प्रचण्ड खुसी पार्न पुगेका नेताहरूलाई पहिलो गाँसमै ढुङ्गा लागेको थियो।
चोक्टा पाउने आसमा आफ्नै नेतालाई घात गरेर पुर्व पार्टी माओवादी जान तम्सेका नेताहरू प्रचण्डले बाबुरामलाई नएक्ल्याउन भनेपछी झौलमै रमाउनु पर्ने भएको छ।प्रचण्डले बाबुराम प्रति सदासयता देखाउँदै “बाबुराम देशलाई चाहिने नेता हुन यसरी सिध्याउने खेलमा नलाग्नुस “भनेपछी पौडेल पक्षका नेता हिस्स परेका थिए।
पौडेल पक्षका नेताहरू माओवादी धारका नेता हुन र उनीहरू अहिले माओवादीमै फर्कन खोजिरहेका छन र यसैका लागि उनीहरूले आफुसँगै नयाँ शक्ति छोडी माओवादी प्रवेश गर्ने नेता कार्यकर्ताको लिष्ट लिएर प्रचण्ड सामु पुगेका थिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया