राप्रपाको हेटौँडा बैठकमा हलो चिन्ह राख्न माग ! कमल थापाको भयो कडा आलोचना!

गाई चिन्ह पक्षधरहरुको बैठक मानिएको राप्रपाको हेटौँडामा जारी केन्द्रिय कार्यसमितिको बैठकमा हलो चिन्ह राख्न माग गरिएको छ । बैठकमा  राप्रपाका संस्थापक नेता बालाराम घर्तीमगरले चुनाव चिन्हका बारेमा कमल थापाको कडा आलोचना गरेका थिए ।
 शिर्ष नेता घर्तीले बैठकमा ‘अध्यक्षज्यू तपाईले विगतमा गरेको सहमति कार्यान्वयन गर्नु भएन’, ‘हलो चुनाव चिन्ह प्रयोग गर्ने विषयमा अग्रसर देखिनु भएन जसका कारण पार्टी विभाजन भयो । विभाजित भएर जाने नेताहरूलाई ल्याउने प्रयास गर्नु भएन’भन्दै कडा आलोचना गरेका थिए ।
घर्ती जस्ता सँस्थापक नेताले थापाको आलोचना गरेपछि थापाको कार्यशैलीबारेका आरोपहरू झनै पुष्टी भएर आएको स्रोतले बतायो।
साथै हेटौडा बैठकमा गणपुरक सङ्ख्या नपुगेकाले अनावश्यक मान्छेहरू भेला पारिएको स्रोतको दाबी छ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया