बाढी, पहिरो र डुबानमा दश अर्ब बढीको पशुधन क्षति

काठमाडौं । बाढी, पहिरो र डुबानमा परी दश अर्ब बढीको पशुधनको क्षति भएको सरकारले जनाएको छ । पशुपन्छी विकास मन्त्रालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १० अर्ब १७ करोड ८८ लाख बराबरको पशुधन क्षतिको अनुमानित विवरण सार्वजनिक गरेको हो ।

शुक्रबार विहान सम्मको प्राप्त वितरण अनुसार पशुजन्य सामाग्री नष्ट हुँदा एक अर्ब सैतिस करोड र  पशुजन्य उत्पादनतर्फ २ अर्ब ५० करोड बराबरको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ ।
सरकारले पशुधनको क्षतिको विवरण सम्बन्धित जिल्ला पशु कार्यालयबाट लिइएको मन्त्री थारूले बताए । मन्त्रालयले पशुजन्य उत्पादनमा पर्ने असरबाट ६ अर्ब बराबरको क्षति भएको पनि अनुमान गरेको छ ।
साथै सरकारले छिट्टै राहत उपलब्ध गराउने पनि मन्त्री थारूले जानकारी दिए।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया